विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट
विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शना विवाह वन्धनमा बाँधिने भएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले इन्गेज्मेन्ट गरेको जानकारी गराएकी छन् ।
रञ्जुले किसु कुईंकेल (किशोर) नामका युवकसँग इन्गेज्मेन्ट गरेकी हुन् । उनले फेसबुकमा तस्बिरसहित स्टाटस लेख्दै जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको बताएकी छन् ।
उनले आफ्नो विवाह पछिपनि सामाजिक र राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकी छन् ।
७ फागुन २०७८, शनिवार ०८:३८ बजे प्रकाशित































