punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप छनोटमा आज नेपाललाई फिलिपिन्सकाे चुनाैती

Chaupati
safha napa

नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स पहिलो जितको खोजीमा छ । नेपालले फिलिपिन्ससँग पहिलोपटक टी–२० क्रिकेट खेल्न लागेको हो ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानमाथि ३९ रनको शानदार जित निकालेको थियो । फिलिपिन्स भने क्यानडासँग ११८ रनले पराजित भएको थियो ।

ग्लोबल छनोटका लागि ८ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।समूह चरणको अन्तिम खेल नेपालले सोमबार क्यानडासँग खेल्नेछ ।

 


७ फागुन २०७८, शनिवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु