punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धरानको जंगलमा भेटिएको अर्को जेब्रा झोला भित्र भेटियो बाँकी भाग

Chaupati
safha napa

सुनसरीको जंगलमा बुधबार टाउको र दाहिने खुट्टा भएको जेब्रा झोला फेला परेको थियो । यस्तै बिहीबार पनि त्यस्तै प्रकृतिको अर्को झोलामा शरीरको बाँकी भाग भएको फेला परेको छ। धरान–४ धरान भेडेटार सडक खण्डको त्यही जंगलमा मानिसको एउटा हात जेब्रा झोला भित्रबाट बाहिर देखिने गरी अर्को झोला फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार हिजो भेटिएको टाउको र खुट्टाको बाँकी भाग फेला परेको हो । प्रहरीका अनुसार हिजो फेला परेको घटनास्थल भन्दा करिब डेढ किलोमिटर माथि बाँकी शरीर झोलामा हालेर फालिएको अवस्थामा फेला परेको छ। प्रहरीले कुकुरको सहयोगबाट अनुसन्धान गरिरहेको जनाएको छ।

बुधबार दिउँसो दाउरा खोज्न गएका स्थानीयले गन्ध आएपछि झोलामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा शरीरको बाँकी भाग फेला पारेको जनाएको छ। ३५–४० वर्षको देखिने पुरुषको सब हत्या गरेर टुक्रा टुक्रा पारेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको हो । आज बिहान भेटिएको बाँकी भाग कोसी राजमार्गबाट झोलामा हालेर गुल्टाएर फालिएको अवस्थामा खोँचमा फेला परेको प्रहरीले जनाएको छ।

 


५ फागुन २०७८, बिहीवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु