punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिउँदे बर्षाले सुठो कुहिँदा डोटीका किसान चिन्तित

Chaupati
safha napa

हिउँदे बर्षाले सुठो कुहिँदा डोटीका किसान चिन्तित बनेका छन् । काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका जिल्लाको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन्। मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने बर्सातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको किसान बताउँछन्।

जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँएपछि सुठो बनाउन सुरु गरेका थिए। अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन्। अदुवाको मूल्य नपाउँदा सुठो बनाउँदै गरेका यहाँका किसानलाई बर्सात र हिमपातले सुठो कुहिन थालेपछि चिन्तित बनाएको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए।

यहाँ उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटीबढी गर्ने गरेका कारण यो वर्ष काँचो अदुवा बिक्री नगरी गाउँमै किसना मिलेर सुठो बनाएका थिए। घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने बर्सात हुँदा सुक्न नपाउँदै कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ। तीन किलो काँचो अदुवा बराबर पछि गएर सुकेपछि जम्मा एक किलो मात्रै सुठो हुने उनको भनाइ छ। सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो। किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो।

 

 


१ फागुन २०७८, आइतवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु