धनगढी मेयर एलपीएल-६ को ट्रफी सार्वजनिक
धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग एलपीएल-६ को ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले एलपिएल-६ ट्रफीको सार्वजनिक गरेका छन ।
ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रीकेटको शहरको रुपमा परिचीत गराउने उपमहानगरपालिकाको उदेश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए । उनले प्रतियोगिताको सफलतको समेत शुभकामना ब्यक्त गरे ।
फागुन २ गतेदेखि १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल९६ को सम्पुर्ण तयारी समेत पूरा भएको आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्याकारी निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।
अण्डर १९ टि-२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।
जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।
त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।
यस्तै भोलिहुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्
काठमाडौ, कंचनपुर र कैलालीका १० विद्यालयको सहभागीता रहने प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछ ।
१ फागुन २०७८, आइतवार २०:०१ बजे प्रकाशित































