पृथ्वीराजमार्ग खण्डमा दुई हजारबढी रूख कटान
पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि तनहुँको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् ।
पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ ।
कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उनले जानकारी दिए ।
२९ माघ २०७८, शनिवार २०:४३ बजे प्रकाशित































