सेतीमा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिवार थप ७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४६ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। संक्रमित मध्ये ४ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
२९ माघ २०७८, शनिवार १६:४९ बजे प्रकाशित































