बन्द भएका सिनेमाहल १ फागुनबाट खुल्ने
कोभिडका कारण बन्द भएका सिनेमाहल आइतबारबाट खुल्ने भएका छन् ।
कोरोना महामारीका कारण बन्द भएका सिनेमाहलहरू १ फागुन अर्थात् भोलिबाट खुल्ने भएका हुन् ।
स्वास्थ मापदण्ड अपनाई सिनेमाहल खुला गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना महामारीका कारण सरकारले ३ माघबाट सिनेमा हल बन्द गरेको थियो ।
२९ माघ २०७८, शनिवार १०:४२ बजे प्रकाशित































