punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा दिन पाउने

Chaupati
safha napa

बैंक तथा वित्तीय संस्थाहरूले  ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो व्यवस्था लागू गरेको हो।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट बढीमा पाँच लाखसम्म कर्जा दिन पाउने भएका छन्। बैंक तथा वित्तीय संस्थामा रहेको तलबी, पेशागत वा व्यावसासिक खाता भएका ग्राहकले मात्र सो सेवा पाउनेछन्।

सो कर्जा प्रदान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायत आवश्यक कागजपत्र लिनुपर्नेछ।


२९ माघ २०७८, शनिवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु