punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टी–२० शृंखला– श्रीलंकाविरुद्धको खेलमा अस्ट्रेलिया विजयी

Chaupati
safha napa

श्रीलंकाविरुद्धको टी–२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

तर, १४।५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे । यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

 


२९ माघ २०७८, शनिवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु