punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

Chaupati
safha napa

डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ। यसअघि पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ।


२८ माघ २०७८, शुक्रवार २०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु