punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य बृद्धि

Chaupati
safha napa

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले बढेर ९४ हजार तोकिएको छ। सुन अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।


२८ माघ २०७८, शुक्रवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु