punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा एक घरमा आगलागी हुँदा परी पाँच जनाको मृत्यु

Chaupati
safha napa

दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ।

उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए। शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलेसल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ। डिएसपी अर्यालका अनुसार विद्युत्‍को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ। बिहीवार राति २ बजेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको हो ।


२८ माघ २०७८, शुक्रवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु