punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरीबल बाजुराको भवन सिलान्यास

Chaupati
safha napa

सशस्त्र प्रहरी बल बाजुराको भवनको बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका ससस्त्र प्रहरी उपरिक्षक हर्क बहादुर बिष्टले बिहीबार संयुक्त रुपमा सिलन्यास गरेका छन् ।

बाजुरा जिल्लाको बडीमालीका नगरपालिका ९ जनौति भन्ने स्थानमा ससस्त्र प्रहरी बल नेपालको आफ्नै भौतिक संरचना निमार्ण गर्ने निति अनुरुप १२ रोपनी ६ आना क्षेत्रफलमा भौतिक संरचना निमार्णको कार्य सुरु भएकोससस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका सशस्त्र प्रहरी उपरिक्षक हर्क बहादुर बिष्टले बताए ।

उपरिक्षक बिष्टका अनुसार सुदुरपश्चिम प्रदेशका कैलाली र कंचनपुर बाहेर अन्य पहाडी जिल्लाहरुको हकमा अछाम र दार्चुलामा आफ्नो भौतिक संरचना निमार्ण भईसकेको, बाजुरामा सुरुवात भएको, डोटीमा जमिन खोज्ने काम भईरहेको र बझांङमा बन्ने क्रममा रहको समेत बताए । सबै जिल्लामा आफ्नै भौतिक संरचना निमार्ण हुदाँ सेवा प्रबाहमा समेत सहजताहुने प्रहरी उपरिक्षक बिष्टले बताए ।

सशस्त्र प्रहरीलाई समाजमा शान्ति सुब्यवस्था कायम गर्ने मुख्य जिम्मेबार निकाएको रुपमा लिईनुका साथै आपत बिपत र प्राकृतिक प्रकोपको समयमा पनि महत्वपूर्ण जिम्मेबारी बहने गर्ने निकाए हो त्यसैले पनि आफ्नै भौतिक संरचना आवश्यक रहको बाजुरा जिल्लाका प्रमुखजिल्ला अधिकारी उपेन्द्र राज पौडेलले बताए ।

उनले भने जुनसुकै सुरक्षा निकाए होस नेपाल आर्मि, नेपाल प्रहरी सशस्त्र प्रहरी सबै निकाएहरुको आफ्नै भौतिक संरचना उत्तीकै आवश्यक रहेको बताए ।  बाजुरामा निमार्ण हुनलागेको सशस्त्र प्रहरीको भौतिक संरचनालाई गुणस्तरीय र सम्झौता अबधी भित्र सम्पन्न गर्न निमार्ण कम्पनीलाई जानकारी गराएको समेत प्रजिअ पौडेलले बताए ।

सिलन्यास कार्यक्रममा ससस्त्र प्रहरी बल नेपाल नम्बर ४९ गुल्म हेड क्वाटर अछामका गुल्मपती जगदिसराज जोशी, आश्रीत गुल्म बाजुरामा गुल्मपती दिपक बहादुर बिष्ट, नेपाल प्रहरी, नेपाली सेनाका प्रतिनिधी, सर्वसाधारणको समेत उपस्थिती रहेको थियो ।


२१ माघ २०७८, शुक्रवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु