राप्रपाका युवा नेता लेखकद्धारा पार्टी परित्याग गरेको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका सचिव हेमबाबु लेखकले पार्टी परित्याग गरेका छन्। राप्रपाका युवा नेता लेखकले राजनीतिक सांगठनिक जिम्मेवारीबाट साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन।
बिहिबार सामाजिक सञ्जालमा एक वक्तत्व्य जारी गर्दै लेखकले गहिरो विमर्श पश्चात् तत्कालिक रुपमा राप्रपाको सक्रिय राजनीतिक सांगठनिक जिम्मेवारीबाट बिदा लिनुपर्ने निष्कर्षमा पुग्ने उल्लेख गरेका छन्।
लेखकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान अध्यक्ष कमल थापा, पूर्वमहामन्त्री जयन्त चन्द, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष लगायतका नेतृत्वसँग प्रत्यक्ष कुराकानी गरेर अत्यन्तै हार्दिकतापूर्वक राप्रपाको सक्रिय एवं सांगठनिक राजनीतिबाट अलग्गिने जानकारी गराएको छु।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा विश्वास गर्ने शीर्ष नेतृत्व एंवम् साथ सहयोग गर्नेलाई लेखकले आभार व्यक्त गरेका छन्।
१९ माघ २०७८, बुधवार २०:०३ बजे प्रकाशित































