punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टावर तोडफोड हुँदा बझाङमा फोन र इन्टरनेट सेवा प्रभावित

Chaupati
safha napa

नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्। बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएको हो।

तोडफोड गर्ने ओखेडालाई हिजो दिनभर प्रहरीले खोजे पनि फेला पार्न नसकेको र उनको मानसिक सन्तुलन सही नभएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।

ओखेडाले यसअघि पनि गाउँमा रहेका मठमन्दिर भत्काउने, सार्वजनिक स्थलमा नराम्रो व्यवहार गर्ने र मानिसलाई देख्नासाथ ढुङ्गा हान्ने गरेको स्थानीयले बताएका छन्। तोडफोड भएको टावर कहिले सञ्चालनमा आउने भन्ने यकिन भन्न नसकिने नेपाल टेलिकमको शाखा कार्यालय बझाङले जनाएको छ।

 


२० माघ २०७८, बिहीवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु