सुदूरपश्चिममा थप ३ सय बढीमा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २२५ जनाको एन्टिजेन र ६९ जनाको पीसीआर परीक्षण गर्दा आज २३६ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार संक्रमण पुष्टि भएकामध्ये ४७ जना आइतबार नै भारतबाट फर्केका नागरिक हुन्। आइतबार सुदूरपश्चिमका नाका भएर ६६६ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७४३ जना सक्रिय संक्रमित पुगेका छन्।
उनीहरुमध्ये ७९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा कैलालीको सेती अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
१६ माघ २०७८, आइतवार १८:३८ बजे प्रकाशित































