punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला प्रशासन कञ्चनपुरमा वारअनुसार सेवा

Chaupati
safha napa

कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गरेका सेवाहरू पुनः सुरू गरेको छ। अत्यावश्यकबाहेकका सेवा बन्द गरेको कार्यालयले आ देखि बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले सेवा प्रवाहसम्बन्धी जारी गरेको सूचनामा नयाँ नागरिकताका लागि बारअनुसार सेवा प्रदान गरिने जनाइएको छ। आइतवार र सोमवार बेदकोट, कृष्णपुर र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ।

यसैगरी, मंगलवार र बुधवार दोधाराचाँदनी, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिका र बिहीवार र शुक्रवार भीमदत्त, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि समय निर्धारण गरिएको छ।

कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि माघ ६ गतेदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित रहेको थियो। शुक्लाफाँटा नगरपालिकामा समेत कोरोनाका कारण बन्द गरिएका कार्यालयमा आजदेखि कामकाज सुरु भएको छ।

पाँच दिनअघि नगरपालिका कार्यालमया कार्यतर कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि चेन ब्रेक गर्नका लागि कार्यालयका सम्पूर्ण कार्य स्थगित गरिएको थियो। यसैबीच कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि आजदेखि माघ २१ गतेसम्म डिभिजन वन कार्यालय कञ्चनपुरका सम्पूर्ण सेवा स्थगन गरिएको छ।

नियमित कार्य सम्पादनका क्रममा कार्यालयका विभिन्न फाँटामा कार्यरत कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिई हाल होम आइसोलेनमा बसेकाले कार्यालयका सेवा स्थगन गरिएको कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

 


१६ माघ २०७८, आइतवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु