punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षण निःशुल्क गर्न केन्दिय सदस्य शिवाकोटीको माग

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोभिड १९ को परीक्षण निःशुल्क गर्न सरकार समक्ष माग गरेका छन्। शिवाकोटीले भाइरसको महामारी ब्याप्त भइरहँदा धेरै भन्दा धेरैको परीक्षण गर्नका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

‘कोरोना टेष्ट निःशुल्क गर, कोरोना खोप व्यापक गर, कोरोना खोप कार्ड अनिवार्य गर्न हतार नगर’ भनी सरकारलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरेका छन्।

‘सरकार अभिभावक हो, हुने नहुने सबैको ख्याल राख्ने जिम्मा सरकारकै हो,’। शिवाकोटी भने। सरकारप्रति आम नागरिकको भरोसा टुट्ने घटना हुन नदिन समेत शिवाकोटीले आग्रह समेत गरेका छन्।

उनले निःशुल्क लगाइँदै आएको कोभिड विरुद्धको भ्याक्सिन प्रभावकारी ढंगले आम नागरिकको पहुँचमा पु¥याउन समेत आग्रह गरेका छन्। केन्द्रीय सदस्य शिवाकोटीले पहिलो खेप खोप लगाउन नपाएका नागरिकको संख्या अझै धेरै रहेको भन्दै त्यसतर्फ ध्यान दिनसमेत आग्रह गरेका छन्।

 


७ माघ २०७८, शुक्रवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु