punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

Chaupati
safha napa

कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ । ‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।

नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर टेष्ट बापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको मञ्चले जनाएको छ ।

पीसीआर टेष्टको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८०० भन्दा बढी परीक्षण शुल्क कदापी हुन नसक्ने मञ्चको दाबी छ ।

सरकारी स्वास्थ्य संयन्त्रहरुबाटै बढी मूल्य लिइनु गैरकानूनी भएको भन्दै मञ्चले प्रधानमन्त्रीले सबै प्रकारका परीक्षण निःशुल्क गर्न गराउन तत्काल आदेश जारी गर्नुपर्ने बताएको छ ।


४ माघ २०७८, मंगलवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु