punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा ठेकेदारको लापरबाहीले विद्युत विस्तारमा समस्या

Chaupati
safha napa

डोटीको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ। यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन।

बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ। नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो।

अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए। बिपीनगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो। अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन।

विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ। पोल र तार जताततै फालिएका अवस्थामा छन्।

कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेका स्थानीय उपेन्द्र धामीले बताए। उनले भने, “पोल ढलेका छन्, कतिपय ठाउँमा तार चुँडिएका छन्।” बिजुली नहुँदा कार्यालयको कामकाजमा बाधा पुगेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए। विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको बताए। “तार उपलब्ध हुने बित्तिक्कै काम अघि बढ्छ”, उनले भने।

 


४ माघ २०७८, मंगलवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु