punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा एकैदिन थपिए १९९ कोरोना संक्रमित

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित थपिएका हुन् ।

सेतीमा सोमबार १५६ नमूनाको कारोना जाँच गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ । सोमबार संक्रमण दर ५७ प्रतिशत रहेकोमा मंगलबार ६० प्रतिशत पुगेको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


४ माघ २०७८, मंगलवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु