punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेशको नामाकरणपछि जनकपुरमा प्रदर्शन

Chaupati
safha napa

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा एक समूहले प्रदर्शन गरेको छ। सो क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेका छन्।

मंगलवार जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनको नेतृत्व गरेका युवा नेता सुशिल कर्णले २२ वटा जिल्लालाई मधेश प्रदेश बनाउनका लागि आफूहरुले विगतमा पटक–पटक आन्दोलन गरेको बताए।

प्रदर्शनकारीहरुले प्रदेशको नाम मिथिला–भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार गरेको आरोप समेत लगाए।

यस्तै, पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेका छन्।


४ माघ २०७८, मंगलवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु