punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङले टावरमा क्षति, टेलिकमको सेवा एक सातादेखि अवरूद्ध

Chaupati
safha napa

चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो।

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ। एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको नेकपा ९एमाले० दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले बताए।

‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ,’ उनले भने‚ ‘बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनु परेको छ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्‍याएकाले नेटवर्कमा समस्या आएको बताए। खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए।

उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको बताए। ‘प्राविधिक टोली दुईदिनदेखि टावर मर्मतमै छ,’ प्रमुख टमटाले भने‚ ‘आवश्यक केही सामान जिल्लामा उपलब्ध समस्या भएको छ, एक दुई दिनभित्रै समस्या समाधन हुन्छ।’


३ माघ २०७८, सोमवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु