punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाकामा हेलचेक्र्याइँ, निर्वाध आवतजावत

Chaupati
safha napa
कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण तीव्र भइरहेका बेला त्यसको रोकथामका लागि सीमा नाकामा भइरहेको प्रयास कमजोर देखिएको छ । भारतबाट स्वदेश फर्किरहेका अधिकांशमा कोरोना पुष्टि भइरहेका छ । तर नाकामा भने परीक्षण फितलो छ ।
नाकामा अहिले भारतमा लामो समय बसेर आएका व्यक्तिहरूबाहेक अन्यको परीक्षण भइरहेको छैन । भारतका पलिया, वनगाउँलगायतका बजारमा निर्बाध रूपमा आवतजावत भइरहेको छ । यसरी आउने जाने नेपालीहरूको परीक्षण हुने गरेको छैन । भारतमा बसेर आएकाहरूको नाकामा एन्टिजेन परीक्षण हुने गरेको छ ।
भारत बसेर आएकाहरु मात्रै अहिले दैनिक पाँच सयको हाराहारीमा नेपाल आइरहेका छन् । सोही संख्यामा किनमेललगायतको काममा भारतका सीमावर्ती वनगाउँ, पलियालगायतका बजारमा नेपालीहरूको आवतजावत भइरहेको छ । उनीहरू भने कुनै चेकजाँच वा परीक्षण बिना निर्बाध रूपमा आवतजावत गरिरहेका छन् ।
भारतमा कोरोना संक्रमण तीव्र बन्दा सीमामा थप कडाइ हुनुपर्ने भए पनि त्यसमा बेवास्ता गरिएको छ । भारतमा अहिले दैनिक अढाई लाख भन्दा बढी संक्रमित थपिइरहेका छन् । जसको संक्रमणको जोखिम नेपालमा छ । भारतको पलिया, वनगाउँलगायतका बजार क्षेत्रमा गएका नेपालीहरू त्यहाँका नागरिकसँग घुलमिल भएर नेपाल फर्किने गर्छन् ।
सीमा नाकामा स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि खटिएको छ भने नेपाल रेडक्रस सोसाइटीले पनि सीमा नाकामा आवतजावत गर्नेहरूलाई परीक्षणको दायरामा ल्याउनका लागि कर्मचारी खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सीमामा खटिएको छ । तर भारतमा बसेर आएकाहरू बाहेकलाई परीक्षणको दायरामा ल्याइएको छैन । प्रशासनले नै सीमामा वारपार गर्नेहरूलाई परीक्षण गर्ने नीति लिएको छैन ।
विद्यालय बन्ददेखि २५ जना भन्दा बढी व्यक्ति एक ठाउँमा भिडभाड गर्न नपाउने नियम लगाएको सरकारले नाकामा दैनिक वारपार गर्ने सैयौं नेपालीलाई भने रोक्न नसकेको हो । जहाँबाट कोरोना संक्रमण फैलिने जोखिम बढी छ । ‘कोरोना फैलिनबाट रोक्न जसरी सरकारले विद्यालय बन्द गर्नेलगायतका निर्णय गरेको छ त्यसैगरी नाकामा पनि कडाइ गर्नुपर्छ,’ धनगढी १ का दिनेश नेपालीले भने, ‘सीमा नाकामा खुकुलो पारेर देशभित्र मात्रै कडाइ गर्नुको कुनै अर्थ छैन ।
स्थानीय प्रशासनले यसतर्फ बढी ध्यान दिनुपर्ने हो ।’ प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन नभएको र सरकारकै निकाय नै सो आदेशलार्ई उलङ्घन गरिरहेको उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका त्रिनगर नाका र गड्डाचौकी नाकाबाट आउने अधिकांश नेपालीहरूमा कोरोना पुष्टि भइरहेको छ । प्रदेशमा एक हप्ताको अवधिमा झण्डै दुई हजार जनामा कोरोना पुष्टि भइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार गएको पुस २६ गतेदेखि माघ २ गतेसम्म एक हजार ७७५ जनामा कोरोना पुष्टि भएको छ ।
निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीका अनुसार प्रदेशमा देखिएका संक्रमितमध्ये ९० प्रतिशत भन्दा बढी संक्रमित भारतबाट फर्किएकाहरू छन् । संक्रमितलाई व्यवस्थित गर्न नसकेमा समुदाय स्तरसम्म संक्रमण फैलिने खतरा रहेको बताए । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले सुदूरपश्चिमका नाकाहरूमा भारतबाट आउनेहरूको परीक्षणमा कडाइ गरिएको दाबी गरेका छन् ।
उनले संक्रमितहरुलाई कम्तीमा १० दिन होम आइसोलेसन बस्न आग्रह गर्दै आफन्तको जिम्मा लगाएर पठाउने गरिएको बताए । ‘नाकामा पोजेटिभ देखिएकालाई कनरी आइसोलेसनमा लैजाने गरेका छौँ,’ उनले भने, ‘त्यहाँबाट उनीहरूको आफन्तको जिम्मा लगाएर होम आइसोलेसनमा पठाउने गरेका छौँ । संक्रमण फैलिन नदिन स्वयम व्यक्तिले नै ध्यान दिनुपर्ने अवस्था हो ।’
सुदूरपश्चिममा होल्डिङ सेन्टर नहुँदा भारतबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई होम आइसोलेसनमा पठाउनुपर्ने अवस्था छ । कैलाली र कञ्चनपुरमा संघीय सरकार अन्तर्गत ठूला होल्डिङ सेन्टर निर्माणाधीन छन् । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समय समाप्त भए पनि होल्डिङ सेन्टरको निर्माण कार्य अधुरै छ ।
आदेशको पालना हुँदैन
कोरोना संक्रमण रोक्न यहाँ स्थानीय प्रशासनले जारी गरेको आदेशको व्यापक उलङ्घन भएको छ । प्रशासनद्वारा जारी आदेशमा ‘एकै स्थानमा २५ जना भन्दा बढी भौतिक रूपमा उपस्थिति हुने गरि कुनैपनि गतिविधि गर्न पाइने छैन’ भनेर उल्लेख गरिएको छ ।
तर यहाँ राजनीतिक दलहरूका सभाहरूदेखि अहिले माघी पर्वका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू भइरहेका छन् । स्वयम स्थानीय र प्रदेश सरकारले नै त्यसको पालना गरेका छैनन् । भिडभाड हुने कार्यक्रममै स्थानीय तहका प्रमुख र प्रदेश सरकारका मन्त्रीहरू प्रमुख अतिथि र अतिथि हुने क्रम चलिरहेको छ ।

३ माघ २०७८, सोमवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु