punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुर्घटना, मृतकको संख्या चार पुग्यो

Chaupati
safha napa

तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ।थप उपचारका लागि नेपालगन्ज रिफर कपुरकोट गाउँपालिका ३ निवासी ५२ बर्षका चन्द्र बहादुर खड्काको हिजो राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो।

दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकाश शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ४ जना उपचारपछि घर फर्किएको र ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।

तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो।सवारी चालक चालक तुलसीपुर ३ का ३२ वर्षीय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।


२७ मंसिर २०७८, सोमवार १०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु