गजल
न खोज सानु
रूख काटेर तिमी शीतल न खोज
सुन छोडेर तिमी पितल तिमी नरोज
म त गाउँ मै कन्दमूल खाएर आयको
म सँग शहरिया जस्तो मोज नखोज
मेरो घर मा एक छाक टार्न धौधौ भाको बेला
तिमी राजा जस्तो चौरासी व्यञ्जन भोज नखोज
म एक जोड कपडा वर्षौँ चलाउँछु
आधुनिक ड्रेस तिमी रोज नखोज
म त सिधा सादा गाउँले केटो कान्छी
बाहुन जस्तो चुन्चे तिमी नोज नखोज
म त नेपाली दाउरा सुर्वाल लाउने मान्छे
म लाई सलमानखान जस्तो पोज नखोज
म आफ्नो मूल्याङ्कन आफै गर्छु सानु
मेरा लागि कुनै याँ हा जज् नखोज
म बन्दुक भित्र बारुद जस्तै भरिएको छु
म लाई ठोक्न कुनै यहाँ गज नखोज
यो दिल को राजधानी तिमलाई सुम्पिए दिए
हिट्लर जस्तो शासन गरी राज नखोज
तिम्रो लागि यो मन सधैँ महासागर हो
कपडा जस्तो सानो सानो अर्ज नखोज
तिमी त मेरा लागि मैना हो साइँली
माया लाई छोडी जाने बाज नखोज
तिमी लाई मेरै गाउँ खप्तड ताल घुम्ला
दुनियाँ घुमी रहने तिमी जहाज नखोज
दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल
२७ मंसिर २०७८, सोमवार ०९:४३ बजे प्रकाशित































