punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीसहित ३४ जनाको उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीसहित ३४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । ६ जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्यसहित ३४ जनाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

महाधिवेशन शुक्रबार (आज)देखि सुरु हुँदैछ । महाधिवेशनमा कञ्चनपुरबाट एनपी साउँद र रमेश लेखक र दार्चुलाबाट दिलेन्द्रप्रसाद बडुले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, बाजुराबाट बद्री पाण्डे, कैलालीबाट रामजनम चौधरी र बझाङबाट चेतराज बडालले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको सुदूरपश्चिम प्रदेश अधिबेशन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए ।

यस्तै, सुदूरपश्चिका ९ जिल्लाबाट २८ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बाजुराबाट पदमबहादुर नेपाली, जनक गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । अछामबाट बलबहादुर कुँवर, गोविन्दबहादुुर शाह, डम्मर सुनार र भरत स्वाँरले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै डोटीबाट भरत खड्का र पुष्पा शाहीले उम्मेदवारी घोषणा गरेका छन् । डडेल्धुराबाट रघुविर भट्ट र गोविन्द बोहरा, दार्चुलाबाट गणेश भट्ट, बझाङबाट चद्रा जोशी, सत्यराज भण्डारी, प्रकाश स्नेही, नरेशबहादुर सिंह, अर्जुनजंगबहादुर सिंह, ईश्वर मल्ल र सुरेश मल्लले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, बैतडीबाट दिनेश भट्टले उम्मेदवारी दिने तयारी गरेका छन् ।

कञ्चनपुरबाट दिवानसिंह बिष्टले उम्मदेवारी घोषणा गरेका छन् । कैलालीबाट रणबहादुर रावल, कृपा रावल, नृपबहादुर वड, सुशीला मिश्र (भट्ट), टेकबहादुर रैका, क्षितिज भण्डारी, ईश्वरी न्यौपाने र कमल शाहले उम्मेदवारी घोषणा गरेका छन् ।

 


२४ मंसिर २०७८, शुक्रवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु