कांग्रेस महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर
नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सांसद जिपछिरिङ लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।महाधिवेशनमा आएका प्रतिनिधिहरुका लागि सेवाको भावले स्वास्थ्य शिविर सन्चालन गरेको उनले बताए ।
शिविरमा डा. राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ । शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकाहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिएको उनले बताए ।
कांग्रेसले मोहन बस्नेतको संयोजकत्वमा छुट्टै स्वास्थ्य समिति गठन गरेको छ । सो समितिले एम्बुलेन्सलगायतको प्रवन्ध पनि गरेको छ ।
२४ मंसिर २०७८, शुक्रवार १२:४९ बजे प्रकाशित































