सुनको भाउ घट्यो
नेपाली बजारमा शुक्रबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो।
बिहीबार सुनचाँदीको भाउ स्थिर देखिएको थियो।
शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ पनि शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
२४ मंसिर २०७८, शुक्रवार ११:२६ बजे प्रकाशित































