punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा न्यायिक निकायमा पहुँच नपुग्दा घरेलु हिंसा बढ्दै

Chaupati
safha napa

न्यायिक निकायमा महिलाको पहुँच पुग्न नसक्दा घरेलु हिंसाका घटना कञ्चनपुरमा बढ्दै जान थालेका छन । अधिकांस हिंसाका घटना न्यायिक निकायसम्म पुग्न नपाउदै मिलापत्रमै टुंग्याइदा महिला न्याय पाउनबाट वञ्चित हुने गरेका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज आयोजित कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी मधु बोहराले महिलामाथि सामाजिक सञ्जालदेखि भूगोल, क्षेत्र लिंग र जातका आधारमा हिंसा हुने गरेको बताइन् ।

‘सामाजिक संस्था, समुह लगायत संगठीत रुपमा रहेका महिलाहरुले महिला हिंसा रोकथामका लागि प्रयास गरे हिंसा न्यूनीकरण गर्न सकिन्छ’, उनले भनिन्, ‘नारा र कार्यक्रममा मात्रै महिला हिंसाका कुरा बढी हुन्छन् । व्यवहारमा लागू नहुँदा हिंसाले प्रश्रय पाउदै आएको छ ।’ हिंसा गर्नेलाई न्यायिक निकायमा पुर्‍याएर दण्डित नगरिँदासम्म रोक्न नसकिने उनले बताइन् ।

शुक्लाफाँटा नगर सेफ हाउसका सञ्चालक समितिका सचिवसमेत रहेका बोहराले सेफ हाउसमा आएका ८२ वटा घरेलु हिंसाका विवादमा महिलालाई न्याय हुने गरी टुंग्याइएको बताइन्, ‘तीन वटा विवाद नटुंगिदा अदालतमा मुद्दा दायर गरी न्यायको पखाईमा रहेका छौं’, उनले भनिन्, ‘छोरीहरुलाई प्रलोभनमा पारेर विवाह गर्ने र विवाह गरिसकेपछि अलपत्र छाडने हिंसा गर्ने कार्य हुने गरेका छन् । त्यस्तो कार्यमा संलग्नलाई दण्डित गर्न अदालतसम्म पुगेका छौं ।’

हिंसामा परेका महिलाका लागि निःशुल्क कानुनी परामर्शसँगै मुद्दा लडने व्यवस्था मिलाइँदै आएको उनले बताइन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले आर्थिक अवस्था कमजोर भएका र पुरातन सोचका कारण महिला बढीपीडित भएको पाइएको बताए ।

‘प्रहरीमा ९० प्रतिशत महिला आफन्त, नजिकैका नातेदार र चिनेजानेका व्यक्तिबाट हिंसाको उजूरी ल्याएर पुग्ने गर्दछन्’, उनले भने, ‘आफन्तको दबाबमै अधिकांश मुद्दामा मिलापत्र हुने गर्दछ । दुईदेखि तीन प्रतिशत मुद्दा मात्रै अदालतसम्म पुग्दछन् । अदालत पुगेका मुद्दामासमेत पीडित महिलाले बयान फेर्ने गरेका कारण मुद्दा कमजोर भई पीडककै पक्षमा निर्णय हुने गर्दछन् ।’

घरेलु हिंसालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनले हिंसाका कारण सामाज उच्च जोखिमा रहेको बताए । उनका अनुसार प्रहरीमा आउने धेरै जसो उजुरी शारीरिक र यौनजन्य हिंसा हुने गरेका छन् । शिक्षा, रोजगार, रीतिरिवाज र शिक्षाको कमीका कारण महिलाले हिंसा सहनु परेको उनको भनाइ छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेपाल महिला संघका नगर सभापति भुमा चन्दले घरेलु हिंसाका पीडित घरघरमा रहेको उल्लेख गर्दै समाजमा बदनाम हुने डरले अधिकांश महिलाले हिंसाका घटना लुकाएर राख्ने गरेको बताए ।

‘घटना लुकाएर राख्दा पीडकको मनोवल उच्च हुने गर्दछ’, उनले भने ‘त्यसपछि झन हिंसाले विकराल रुप लिन्छ । घरमै बस्न नसकिने अवस्था आएपछि मात्रै हिंसापीडित महिलाले प्रहरी र अन्य निकायलाई गुहार्ने गर्दछन् ।’ विजय एकता महिला सहकारी संस्थाका व्यवस्थापक बिस्ना पन्तले लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी महिलामाथि हिंसा हुने गरेको बताइन् ।

‘स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हकअधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्यांकन नगरिनु जस्ता कारणले हिंसा हुन्छ’, उनले भनिन्, ‘कुटपिट, जबरर्जस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरी हिंसा हुने गरेका छन् ।’

सामाजिक सञ्जालबाटसमेत हिंसा हुने गरेको अधिकारकर्मी महिला बताउँछिन् । महिलालाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमा अश्लिल फोटो राख्ने, लेखेर चरित्र हत्या गर्ने, यौन चित्र पठाउने, यौनजन्य कुराकानी शब्दको प्रयोग गरी महिलामाथि हिंसा निम्त्याउने गरिँदै आएको अधिकारकर्मी महिलाको भनाइ छ ।

यौनिक हिंसाको धेरैजसो घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइन्छ । नगरपालिकाका महिला विकास शाखाका प्रमुख कमला जोशी परिवारबाटै छोरा र छोरीलाई दुई आँखा जस्तै समान व्यवहार गरे हिंसा कम गर्न सकिने बताउँछिन् । ‘छोरा नहुँदासम्म छोरी सुरक्षित छैनन्’, उनले भनिन् ।

संविधानमै महिलालाई अंश र बंशको अधिकार दिइएको कुरामा जोड दिँदै उनले जबसम्म कानूनलाई व्यवहारमा उतार्न सकिदैन तवसम्म महिलामाथि हिंसा भइनै रहने बताइन् ।


२२ मंसिर २०७८, बुधवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु