punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रक आगजनी गरेको आरोपमा दुई युवक पक्राउ

Chaupati
safha napa

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

लम्की–१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । मंसिर ९ मा लम्कीचुहामा भाडाको ट्रकले ठक्कर दिँदा टिकापुर बस्ने गोमा थापाको घटनास्थलमै नै मृत्यु भएको थियो ।

त्यसबारे प्रदर्शन हुँदा विशालले सो ट्रकलाई पेट्रोल छर्केर आगजनी गरेको आरोप छ । आगजनीबाट ट्रकको सामान पनि जलेको थियो । यस्तै आगजनी गर्ने अर्का लम्कीकै मानबहादुर थापालाई मंगलबार पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।


२२ मंसिर २०७८, बुधवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु