punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

Chaupati
safha napa

३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।झापा साविक शिवगंज गाबिस–१ का ५० वर्षीय अग्रवाललाई हिजो प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि आपराधिक समूह स्थापना गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा लगायतका आरोप रहेकोे प्रहरीले जनाएको छ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।


२० मंसिर २०७८, सोमवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु