punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनारद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली काँग्रेस अछामका युवा नेता डम्बर सुनार (डिबि) ले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । शनिबार धनगढीमा पत्रकार सम्मेलन गदैँ उनले उम्मेद्वारी घोषणा गरेका हुन् । यहि मंसिर २४ गते देखि काठमाण्डौँमा नेपाली काँग्रेसको १४ महाधिवेशन हुँदैछ ।

अछाम क्षेत्र नम्बर एक बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सुनारले दलित आरक्षण कोटा बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनले युवाहरुको आवाज सम्बोधन गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ‘विकसित देशमा युवाहरुको सक्रियताले गर्दा नै विकासमा फट्को मारेको छ’, उनले भने ।

‘नेपालमा पनि हरेक क्षेत्रमा युवाहरुको सहभागिता बढाउन पर्दछ ।’ १७ बर्ष देखि काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा रहेर काम गरेको बताए । उनले सुदृढ, सु–सगठित गतिशिल काँग्रेस निर्माण गर्नु नै आफ्नो उम्मेद्वारी रहेको उल्लेख गरे ।

नेविसंघको विदेश विज्ञ रहेर समेत आफुले काम गरेको उनले बताए । सुनार इन्जिनियर विषय लिइर चिनबाट पीएचडी गरिरहेका छन् ।


१८ मंसिर २०७८, शनिवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु