काँग्रेस सुदूरपश्चिम अधिवेशन : मतदान प्रक्रिया सुरु
नेपाली काँग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ । धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान प्रक्रिया सुरु भएको हो ।
काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।
सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।
अधिवेशनमा पहिलो मत हिमबहादुर रावलले हाले ।धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान भैरहेको छ । रावल संस्थापन पक्षबाट सभापतिका आंकाक्षीसमेत थिए ।
१८ मंसिर २०७८, शनिवार १०:४८ बजे प्रकाशित































