आज मौसममा केही सुधार : भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु गर्ने
आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसमविद्ले बताएका छन् ।सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो ।मौसमविद् कँडेलका अनुसार भोलिदेखि पुनः अर्को पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । आज केही प्रदेशमा हुस्सु र कुहिरो लाग्नेछ ।
पहाडी भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा मध्यम खालको हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
१८ मंसिर २०७८, शनिवार १०:३८ बजे प्रकाशित































