punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस प्रदेश अधिवेशन : सभापतिमा हाम्रो भन्दा राम्रो व्यक्ति आउनुपर्छ

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिबेशन चलिरहँदा सुदूरपश्चिममा पनि अहिले अधिवेशनको रौनक छ ।काँग्रेस अधिवेशनले अबको नेतृत्व चयन गर्ने छ । पार्टीमा सबैलाई मिलाएर लैजाने सक्ने नेतृत्वको खोजी भैरहेको छ ।

आगामी चुनावमा नेपाली काँग्रेसले हारको अवस्थामा नआउन नदिनेतर्फ सचेत हुनुपर्ने महाधिवेशन प्रतिनिधि माया कुँवरले बताइन् । उनले प्रदेशको नेतृत्वले स्थानीय तहसम्म मिलाएर लैजाने नेता चुनिन आवश्यक रहेको बताइन् ।

‘प्रतिशप्रधा राम्रो हो’, उनले भनिन ‘हामी सहमतिमा गयो भनिन्, ुचुनावी माहोलमा मतदाताले चुनेर राम्रो नेता आउनुपर्यो ।’अब आउने प्रदेश सभापतिमा युवाको खाँचो रहेको अक्कल भण्डारीले बताए । ‘सबैमम्म बुझ्ने हाम्रोलाई भन्दा राम्रोलाई हेर्ने खालको नेतृत्वको आवश्यक छ’ उनले भने ।

पार्टीलाई संगठिक गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको केशवबहादुर चन्दले बताए । ‘पार्टीलाई अझै बढी लोकप्रिय बनाउने जनताको कामलाई जनमुखी बनाउने खालको नेतृत्व आउनुपर्छ’ उनले भने ।सुदूरपश्चिम प्रदेश सभापतिका लागि संस्थापन प्यानलबाट सभापतिमा बीरबहादुर बलायर र इतर पक्षबाट नारायण मिश्रले उम्मेदवारी दिएका छन् ।


१७ मंसिर २०७८, शुक्रवार २०:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु