Hotel Flora Long Ad

काँग्रेसलाई थप संगठित गर्न महामन्त्रीमा मेरो उम्मेदवारी : गुर्धामी

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बझाङका नेता प्रताव गुर्धामीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले संस्थापन इतर नारायणदत्त मिश्रको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

उनले काँग्रेसको संगठनलाई चुस्तदुस्त बनाउन र आगामी निर्वाचन पार्टीलाई विजयी बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

२०३६ सालबाट नेपाल विद्यार्थी संघको सदस्य भएका गुर्धामी २०३८ सालमा स्ववियुको सचिवमा निर्वाचित भएका थिए । २०४२ सालको सत्याग्रहका क्रममा दुई महिना जेल परेका उनी २०४६ सालको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदा पटक–पटक हिरासतमा परेका थिए ।

बिचमा केही समय ट्रेड युनियनमा आबद्ध भएका गुर्धामी २०५६ देखि २०५८ सम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष भए । त्यसपछि लगातार दुई पटक तरुण दलको केन्द्रीय सदस्य भएका उनी दुई पटक केन्द्रीय उपाध्यक्षसमेत भए, जतिबेला तरुण दलको अध्यक्ष बनाउने चलन थिएन ।

२०६२ सालदेखि महाधिवेशन र महासमिति सदस्य हुँदै आएका उनी अघिल्लो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेका थिए ।


१७ मंसिर २०७८, शुक्रवार १९:०९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु