punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडेल समूहबाट प्रदेश सभापतिमा मिश्र उम्मेदवार

Chaupati
safha napa

नेपाली काँग्रेसको प्रथम सुदूर पश्चिम प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार बन्ने तय भएको छ ।पौडेल समूहले सभापतिमा मिश्रलाई उम्मेदवार बनाउने निधो गरेको हो । एक नेताले भने, नतिजा जस्तो सुकै आएपनि हाम्रो समूहबाट मिश्र सभापतिका उम्मेदवार हुने तय भएको छ ।

नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र डा। शेखर कोईरालाले नै मिश्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको बताईएको छ । बरिष्ठ नेता पौडेलको अत्यन्त निकट रहेका मिश्र नेपाली काँग्रेस कैलालीका पुराना नेता हुन् ।जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल–कोईराला समूहका साझा उम्मेदवारका रुपमा प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् ।

धनगढीमा हिजो बसेको पौडेल समूहको बैठकले भने गोपाल गुरुङलाई सभापतिमा उठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयपछि भने मिश्रले सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । यद्दपि देउवा–पौडेल पक्षधर बीचमा सहमतीका लागि पनि प्रयास जारी छ ।पौडेल समूहबाट महामन्त्री पदमा आकांक्षी धेरै भएका कारण सहमती जुट्न सकेको छैन ।


१७ मंसिर २०७८, शुक्रवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु