punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा फैलिदै कोरोनाको नयाँ भेरियन्ट, थप संक्रमित फेला

Chaupati
safha napa

भारतमा ६ जनामा देखियाे ओमिक्रोन भेरियन्ट
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पुगिसकेको छ । भारतमा हालसम्म ६ जनामा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ । यो भन्दा अघि भारतमा दुई जनामा ओमिक्रोन भेरियन्ट देखा परेको थियो ।

साउथ अफ्रिकाबाट भारत आएका ६६ वर्षको विदेशीमा यो भेरियन्ट देखा परेको छ भने अर्को ४६ वर्षिय भारतीय स्वस्थ्यकर्मीमा ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

स्वस्थ्यकर्मीको सम्पर्कमा आउने अरु छ जनामा पनि यो भेरियन्ट पुष्टि भएको छ । कोरोनाको नयाँ भेरियन्टट ओमिक्रोन तिव्र रुपले फैलन सुरु गरेको यस तथ्यांकले देखाएको छ । यो भेरियन्ट डेल्टा भाइरस भन्दा छ गुना बढी संक्रामक देखिएको छ ।

अहिलेसम्म ओमिक्रोन भाइरस ३१ देशमा ३७६ जनामा देखिएको छ । संक्रमित सबैमा हल्का लक्षण देखा परेको छ । विश्व भर फैलन सुरु गरेको यो भाईरसको बारेमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ ।

ओमिक्रोन भाईरसको कारण अहिले नै लक डाउन लगाउन पर्ने अवस्था नरहेको अधिकारीहरुले बताएका छन् ।

यो भाईरस अहिले फेरि चुनौतीको रुपमा आए पनि यो संग लड्ने मुख्य अस्त्र नै माक्स हो भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ ।


१७ मंसिर २०७८, शुक्रवार ०५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु