punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र धनगढी उपमहानगरको अध्यक्षमा खाती

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन्।बिहीबार भएको आन्तरिक चुनावमा उनले ७३ मध्ये उनले ३५ मत पाएर विजयी भएका हुन्।अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार मुरारीप्रसाद अधिकारीले २४ र आशिष वमले १२ मत पाए।यस्तै, उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दिपक रावल भएका छन्।

उपाध्यक्ष पदका लागि उनीहरूसहित बिनोद बोहरा, अनिल बिसी, किसन कोली, मिनबहादुर बिसी र राजु तोलामीबीच चुनाव भएको थियो।सचिव रमेशप्रसाद भट्टराई, सहसचिवमा सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा विजयी भएका माओवादी केन्द्रका धनगढी नगर इञ्चार्ज निर्मल शाहले जानकारी दिए।


१६ मंसिर २०७८, बिहीवार १९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु