punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा बाढीपहिरो पीडितलाई राहत वितरण

Chaupati
safha napa

गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढीपहिराले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ। वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण गरेको हो।

उक्त संस्थाले पीडित परिवारलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका स्वयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। यसैगरी उक्त बाढीपहिरामा परी ज्यान गुमाएका यहाँका छजनाको परिवारलाई राहतसँगै नगद रु पाँच हजार पनि प्रदान गरिएको छ।

संस्थाले जिल्लाकै आदर्श गाउँपालिका–५ का १२४ घरपरिवारलाई पनि राहत वितरण गरेको छ। बाढीपहिरामा परी खेतीयोग्य जमिन र घरबारविहीन भएका यहाँका नागरिकलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका सोयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए।

बाढीपहिरा पीडितले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटकपटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएपछि साइन नेपालले राहत सहयोग गरेको वडाध्यक्ष टीका सिंहले बताए। जिल्लामा विपद्, महामारीलगायतका घटना हुँदा उक्त संस्थाले विभिन्न कार्यक्रम ल्याएर यहाँका नागरिकलाई राहत प्रदान गर्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हरि खड्काले बताए।


१५ मंसिर २०७८, बुधवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु