सुनको भाउमा निरन्तरको गिरावट

यस साता नेपाली बजारमा सुनको भाउमा निरन्तरको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा झरेको छ।

चाँदीको भाउ पनि बुधबार प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।


१५ मंसिर २०७८, बुधवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु