punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप पल्टियो, १ को मृत्यु, ३ जना घाइते

Chaupati
safha napa

बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बिहान बा१८च ५६७७ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन्।

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए। दुर्घटनापछि चालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


१५ मंसिर २०७८, बुधवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु