punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पहिलोपटक सवारी साधनमा ‘ह्वील लक’, अब हुनेछ ‘सरप्राइज चेकिङ्ग’

Chaupati
safha napa

धनगगढीमा सवारी चाप बढेसंगै अस्तव्यस्त बनेको ट्राफिक समस्या समाधानका लागि ट्राफिक प्रहरीले कडाई सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अबदेखि ‘नो पार्किङ’ क्षेत्रभित्र गाडी पार्क गरेमा ‘ह्विल लक’ गर्न सुरु गरेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारी साधनमा ‘ह्वील लक’ लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

उनले सोमबार धनगढी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्रमा आकस्मिक चेक जाँच गरिएको र अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ‘ह्विल लक’ गरिएको जानकारी दिए । सवारी चाप बढी हुने हस्पिटल लाइनदेखि एलएन चौक क्षेत्र, ट्राफिक चौराहादेखि बसपार्क क्षेत्रको जाम घटाउन ट्राफिक चेकजाँचमा कडाई गरिने प्रहरी निरीक्षक सिंहले बताए ।

उनका अनुसार ह्विल लक गरिएको गाडीमा सवारी धनीको जानकारीको लागि सवारीमा कारणसहित स्टिकर टाँस गरिनेछ । सवारी धनी सोही स्थानमा भेटिएमा ठाउँको ठाउँ कारबाही गरेर जरिवाना र सम्झाई बुझाई गरिनेछ ।

यदि सवारी धनी सोही ठाउँमा नभेटिएमा टाँसिएको सूचना अनुसार कार्यालयमा आउनेछन् र कारबाहीको भागिदार बन्नेछन् । यसैगरि ट्राफिक प्रहरीले साँझ ५ बजेदेखि ७ बजेसम्म ‘सरप्राईज’ मापसे चेकिङ पनि गरिने जनाएको छ ।


१३ मंसिर २०७८, सोमवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु