punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिवि सभा भोलि बालुवाटारमा हुने

Chaupati
safha napa

त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।त्रिवि सभाका लागि त्रिविको केन्द्रीय कार्यालय भवनमा विशेष स्थान छुट्याएको भएपनि प्रधानमन्त्रीको व्यस्तताको कारण बालुवाटारमा नै सभा बस्ने निर्णय भएको शिक्षाध्यक्ष शिवाला भुसालले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूको व्यस्त समय तालिका भएको र अरु विश्वविद्यालयले पनि यही गरिरहेको छ तपाईंहरुले पनि यही गर्नुहोस कुलपतिज्यूले भन्नुभएपछि हामीले पनि त्यहीँ बस्ने निर्णय गरेका हौं ।’मंगलबार बस्ने त्रिवि सभाको बैठकले बजेट, नीति तथा कार्यक्रम पास गर्ने शिक्षाध्यक्ष भुसालले बताए ।


१३ मंसिर २०७८, सोमवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु