punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राखेपको सदस्यसचिवमा घिसिङ नियुक्त

Chaupati
safha napa

सरकारले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको खेलकुद मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाल रग्बी संघका अध्यक्ष रहेका घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।घिसिङले हितबहादुर तामाङ खेलकुद मन्त्री हुँदा उनको स्वकीय सचिवका रुपमा पनि काम गरेका थिए । घिसिङ एसियाली रग्बी महासंघको कार्यसमितिमा समेत निर्वाचित भएका व्यक्ति हुन् ।

सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासँग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुतिपछि मन्त्रीले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।सरकारले गत कात्तिक १ मा तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेपछि नयाँ सदस्यसचिव नियुक्त गरेको हो ।


१३ मंसिर २०७८, सोमवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु