सांसद कुँवर एमाले अनुशासन आयोगको सदस्यमा निर्विरोध निर्वाचित

सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् अर्थविकास समितिका सभापति हर्कबहादुर कुँवर (गोबिन्द) एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका छन् ।

चितवनमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी आयोगको सदस्य पदमा निर्बिरोध निर्वाचित भएका हुन् ।

आयोगको केन्द्रीय सदस्यमा सीमित कोटा भन्द बढी उम्मेदवारी नपरेपछि सांसद कुँवर निर्विरोध निर्वाचित भएका हुन् ।


१३ मंसिर २०७८, सोमवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु