punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिहे गरिन् नायिका रेश्माले

Chaupati
safha napa

अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले बिहे गरेकी छन्। सोमबार उनले प्रभात बाबुसँग विराटनगरमा विवाह गरेकी हुन्।अमेरिका निवासी प्रभातसँग रेश्माले गत वर्ष इन्गेजमेन्ट गरेकी थिइन्। त्यसको एक वर्षपछि उनीहरूले विवाह गरेका हुन्।

अमेरिकामा चिकित्सा विज्ञान अध्ययनरत प्रभात र नायिका रेश्माबीच ३ वर्षअघि चिनजान भएको हो। त्यसपछि क्रमशः नजिक भएका उनीहरूले परिवारकै सल्लाहमा विवाह गरेको बताइएको छ।रेश्मा म्युजिक भिडिओ क्षेत्रमा सफल कलाकार मानिन्छिन्।

टिकटकबाट चर्चामा आएकी उनले केही वर्ष अगाडि एउटा चलचित्रमा पनि अभिनय गरेकी थिइन्। तर त्यो चलचित्र असफल भएपछि रेश्मा केही समय अभियन क्षेत्रबाट विश्राम लिएकी थिइन्। तर टिकटकमा लोकप्रिय हुन थालेपछि उनी पुनः मनोरञ्जन क्षेत्रमा सक्रिय भएकी हुन्।

 


१३ मंसिर २०७८, सोमवार १४:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु