punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लालबाबु पण्डितले अस्वीकार गरे ओलीले दिएको केन्द्रीय सदस्य

Chaupati
safha napa

नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्।सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन्।

पण्डितले लेखेका छन्आ-जदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।उनले आफू पदाधिकारीको दाबेदार भए पनि ओलीले केन्द्रीय कमिटीमा मात्रै राखेकाले असन्तुष्टि जनाएका हुन्।

पण्डितले महाधिवेशनमा लुडो र सर्पको जस्तो खेल भएको उल्लेख गरे।‘मेरो दाबी पदाधिकारीमा थियो। तर मलाई केन्द्रीय सदस्यमा राखियो। मैले बागी उम्मेदवारी दिइनँ। अब म एमालेको केन्द्रीय सदस्य हुन्न, संगठित सदस्यमात्र बस्छु,’ पण्डितले भने।

पण्डित एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए। त्यतिबेला उनी माधवकुमार नेपाल प्यानलबाट उम्मेदवार बनेका थिए।२०७४ को निर्वाचनमा मोरङ-६ कांग्रेस नेता शेखर कोइरालालाई हराएर पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए।नेकपामा विवाद हुँदा उनी लामो समयसम्म तटस्थ बसेका थिए भने पछिल्लो समय माधव नेपाल सँगै नगएर एमालेमै बसेका थिए।ओलीले आइतबार राति सर्वसम्मतिका लागि ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका थिए। त्यो सूचीमा परेर पनि पद अस्वीकार गर्ने पण्डित पहिलो व्यक्ति हुन्।


१३ मंसिर २०७८, सोमवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु